२० औं वार्षिक साधारण सभा
रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल
केन्द्रीय कार्यसमिति
काठमाडौं, नेपाल
वार्षिक साधारण सभा तथा निर्वाचन सम्बन्धी सूचना
यस संघको मिति २०८२ चैत्र ३० गते बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संघको २० औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना हुने व्यहोरा सम्बन्धित सम्पूर्ण साधारण सदस्यहरूलाई जानकारी गराइन्छ।
सभा सम्बन्धी विवरणः
मितिः २०८३ साल बैशाख २५ गते, शुक्रबार
समयः बिहान १०ः०० बजे
स्थानः होटल हिमालयन, कुपन्डोल, ललितपुर, नेपाल
उक्त साधारण सभामा संघको विधान बमोजिम आगामी ३ (तीन) वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन (निर्वाचन) कार्यक्रम समेत सम्पन्न गरिनेछ ।
प्रस्तावित एजेण्डाहरूः
१. उद्घाटन सत्र
२. सभाध्यक्षको मन्तव्य
३. महासचिवद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल÷अनुमोदन
४. कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत, छलफल तथा अनुमोदन
५. लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण
६. आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत तथा अनुमोदन
७. आगामी वर्षको अनुमानित बजेट प्रस्तुत तथा अनुमोदन
८. संघको आगामी ३ वर्षे कार्यकाल (२०८३–२०८६) का लागि नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको निर्वाचन कार्यक्रम
९. विविध
संघको विधान तथा प्रचलित कानुन बमोजिम निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, नामावली प्रकाशन, दावी–विरोध, उम्मेदवारी फिर्ता तथा मतदान कार्यक्रम सम्बन्धी विस्तृत कार्यतालिका निर्वाचन समितिबाट छुट्टै प्रकाशित गरिनेछ ।
सम्पूर्ण साधारण सदस्यहरूलाई समयमै उपस्थित भई साधारण सभा तथा निर्वाचन कार्यक्रममा सक्रिय सहभागिता जनाइदिनुहुन अनुरोध गरिन्छ ।